मंसिर २९, स्याङ्जा । पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा प्रदीप कोइराला निर्वाचित भएका छन् । कोइरालाले अध्यक्ष पदका अर्का प्रत्यासी प्रतीक्षा काफ्लेलाई पराजित गरेका हुन् । अध्यक्ष पदका प्रत्यासी कोइरालाले ३४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी काफ्लेले १३ मत ल्याइन् ।
यस्तै सहसचिवमा एक बहादुर गोदार (रमेश)ले ३० मत ल्याएर विजयी भएका छन् । उनले प्रतिद्वन्दी खेम प्रसाद खनाल (केपी)लाई हराएका हुन् । खनालले १६ मत प्राप्त गरे ।
खुला सदस्य तर्फ युवराज पौडेल ४१, रामबहादुर रोकाहा ४०, कृष्ण बस्याल ४०, सबिनचन्द्र डोटेल ३७ मत ल्याएर विजयी भए । खुला सदस्य पदका प्रतिस्पर्धी शालिकराम पोखरेलले १० मत ल्याए ।
समावेशी सदस्य तर्फ हिमलाल घर्तीले ३५ मत ल्याउँदा उनका प्रतिद्वन्दी कामना सुनारले ११ मत ल्याइन् ।
यस्तैगरी उपाध्यक्षमा माधव गैह्रे, महिला उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा हरिप्रसाद सुवेदी (सुशील), समावेशी ससचिवमा कला राना र कोषाध्यक्षमा जोगराज पाठक निर्वाचित भएका छन् ।
महिला सदस्यमा आरती कुँवर, दलित सदस्यमा नारायण विश्वकर्मा, जनजाति सदस्यमा विनोद रखाली निर्वाचित भएका छन् ।
केन्द्रीय परिषद सदस्यमा युनियनका ओमप्रकाश शर्मा र पार्वती पाण्डे, प्रदेश परिषद सदस्यमा तोलाकान्त बगाले, टिकाराम अधिकारी, फूलमाया भट्टाराई र रामु भट्राई निर्विरोध निर्वाचि भएका छन् ।