२४ फागुन, काठमाण्डौ । नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले महिला आन्दोलन थप समावेशी, समान अधिकार, आत्मनिर्भरतातर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च)को अवसरमा शुभकामना दिँदै नेता अर्यालले त्यस्तो बताएका हुन् । समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्याय सुनिश्चितता गर्दै समानताको यात्रालाई अझ दृढताका साथ अघि बढाउने प्रेरणा यस्ता दिवसहरूले दिनुपर्ने उनको भनाई छ ।
'महिला आन्दोलन थप समावेशी, आर्थिक, सामाजिक सशक्तीकरण, सशक्त बनाउनुपर्दछ । समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्याय सुनिश्चितता गर्दै, आजको दिन (८ मार्च) समानताको यात्रालाई अझ दृढताका साथ अघि बढाउने प्रेरणा बनोस्', नेता अर्यालले भन्छन्, 'सदियौँको संघर्ष, परिवर्तनका लहर र असीम साहसले महिलाहरूले प्राप्त गरेका उपलब्धिहरू आज गर्वका साथ स्मरण गर्नुपर्दछ । शिक्षा, राजनीति, विज्ञान, अर्थतन्त्रदेखि समाजका हरेक क्षेत्रमा महिलाहरूले देखाएको योगदानहरू अतुलनीय छन् ।'
पूर्वमन्त्री समेत रहेका अर्यालले अझैपनि समानता टाढा रहेको भन्दै महिलाका प्रगतिको बाधक रहेका चुनौतीहरूलाई सामना गर्दै अगाडि बढ्नुपर्ने बताउँछन् । 'समानता अझैपनि टाढा छ । अवसरको पहुँच, पारिवारिक तथा सामाजिक विभेद, हिंसा र कार्यस्थलमा निष्पक्षताको अभाव जस्ता चुनौतीहरू अझै हट्न बाँकी छन्', उनले भनेका छन्, 'तर उपलब्धिहरूमा गर्व गरौँ, चुनौतीहरूको सामना गरौँ र समतामूलक समाज निर्माणमा सबैले हातेमालो गरौँ ।