समाचार

स्याङ्जा, माघ १७ । नेकपा (एमाले)स्याङ्जा सम्बद्ध भातृसंगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार अनेरास्ववियुका केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज सुजन भट्टाराई नेतृत्वको टोलीले वर्तमान सरकारसँग तत्काल स्थानीय निर्वाचन घोषणकोे माग गर्दै प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । 


एमाले स्याङ्जाका १६ भातृसंठनका प्रतिनिधिहरुद्वारा हस्ताक्षर विज्ञप्ति भनिएको छ, ‘वर्तमान सरकारले संवैधानिक व्यवस्थाको वर्खिलाप गरेको छ । बैशाखमा हुनुपर्ने निर्वाचनको मिति पर सार्ने रणनीतिमा छन् । निर्वाचन संवैधानिक नभई राजनीतिक कारणले पर सार्न खोजिएको हो ।’

नेपाली जनताको त्याग र बलिदानबाट स्थापित गणतन्त्रात्मक शासन प्रणाली सहित मुलुक अगाडी बढीरहेको विज्ञप्ति मार्फत प्रधानमन्त्रीलाई संस्मरण गराएका छन् । संविधानसभाबाट निर्माण गरिएको संविधान बमोजिम शासनमा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 


विधिको शासन, कानुनी सर्वोच्चता र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि आफूहरु जुनसुकै मूल्य चुकाउन बाध्य हुने विज्ञप्ति उल्लेख गरिएको छ । बैशाखमै स्थानीय तहको चुनाव नगराए त्यसबाट उत्पन्न हुने परिस्थिको सामना गर्न गठबन्धन सरकारलाई संगठनहरुले चुनौती समेत दिएका छन् । 


ज्ञापनपत्र बुझाउनका लागि एमाले स्याङ्जा पार्टी कार्यालयबाट सामाजिक दुरी सहित ¥याली निकालिएको थियो । ¥याली जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर कोणसभा परिणात भएको थियो । ¥यालीमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष सूर्यप्रसाद गैह्रे, उपाध्यक्ष कृष्ण खाँड, उपसचिव विश्व पौडेल र जिल्ला कमिटी सदस्यहरु लगायतको उपस्थिति थियो । कोणसभालाई अनेरास्ववियुका केन्द्रीय सचिव सुजन भट्टराई, युवा संघ नेपाल स्याङ्जा संयोजक किसान श्रेष्ठ, अनेरास्ववियु स्याङ्जाका सचिव नविन पौडेलले सम्बोधन गरेका थिए ।