समाचार

स्याङ्जा, फागुन ३ । नेकपा (एमाले) वालिङ ४ वडा कमिटीका विस्तारित भेला सम्पन्न भएको छ । सोमबार वडा कमिटीका अध्यक्ष हरिप्रसाद खनालको अध्यक्षतामा वडा कमिटी बैठक एलादीमा सम्पन्न भएको हो । 


भेलाले नेकपा (एमाले)का पाँच ओटा भातृसंगठन निर्माण गरेका छन् । युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीका अध्यक्षमा प्रेम गुरुङ, उपाध्यक्ष रुक्मागत खनाल, सचिव विनोद क्षेत्री, उपसचिवमा सूर्य क्षेत्री र रेशम गुरुङलाई चयन गरिएको छ । सदस्यहरु पुरुषोत्तम खनाल, मनोज खनाल, हेम बहादुर वि.क., तिल बहादुर गुरुङ, सूर्य काफ्ले, पूर्ण बहादुर गुरुङ, कुमार गुरुङ, थमन गुरुङ, मेघराज गुरुङ, ढाल बहादुर गुरुङ रहेका छन् । युवा संघ इन्चार्ज गोविन्द खनाल र स–इन्चार्ज शिव चापागाँईलाई तोकिएको छ । 


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अध्यक्ष लक्ष्मी गुरुङ, उपाध्यक्ष कृष्ण खनाल, सचिव जीवन विश्वकर्मा, सदस्यहरु प्रेम गुरुङ, प्रवीन गुरुङ, मन बहादुर गुरुङ र सन्तोष रेग्मी चयन भएका छन् । 


अखिल नेपाल महिला संघ (अनेमसंघ)का अध्यक्ष विमला रिजाल खनाल, उपाध्यक्ष हरिकला वि.क., सचिव शिलादेवी चापागाँई, कोषाध्यक्ष हिमा गुरुङ, उपसचिव विमला क्षेत्री र यो माया गुरुङ रहेका छन् । सदस्यहरुमा धनमाया गुरुङ, ज्ञान माया काफ्ले, रेवती खनाल, तुलसा गुरुङ, य माया गुरुङ, सुशिला वि.क. चयन भएकी छन् । 


भलिबलका खेलाडी विष्णु गुरुङको अध्यक्षमा खेलकुद महासंघ गठन गरिएको छ । जसको उपाध्यक्ष उपाध्यक्ष खिम बहादुर गुरुङ, सचिव पुरुषोत्तम खनाल सदस्यहरुमा सागर थापा, गिरमान गुरुङ, राजन गुरुङ, सागर खनाल (भोले), रेशम गुरुङ, सगुन गुरुङ, नारायण काफ्ले र खिमा गुरुङ रहेका छन् ।  


यसैगरी नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष मेघ बहादुर गुरुङ, उपाध्यक्ष नन्दलाल खनाल, सचिव सूर्यप्रसाद खनाल, सदस्यहरु टोप बहादुर क्षेत्री (राजु), टेक प्रसाद गुरुङ, गणेश गुरुङ, सोम बहादुर  क्षेत्री र फन बहादुर गुरुङ रहेकोे कमिटी बनाएको छ । 

भेलाले आगामी फागुन १० गतेभित्र टोल कमिटी गठन गर्ने, पार्टी संगठित सदस्य वितरण गर्ने, जनवर्गीय संगठनहरुको भेला, बैठक तथा प्रशिक्षण गर्ने लगायतको निर्णय गरिएको छ । 


विस्तारित भेलालाई प्रमुख अतिथिको रुपमा नेकपा (एमाले) वालिङ नगर कमिटी अध्यक्ष एवम् जिल्ला कमिटी सदस्य शोभाकान्त पौडेल, जिल्ला कमिटी सदस्य मोहन गुरुङ, वालिङ नगर कमिटीका उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, उपसचिव पिताम्बर खनाल, वडा नम्बर ४ का वडा अध्यक्ष रनध्वज गुरुङ, नगर कमिटी सचिवालय सदस्य टोपप्रसाद गुरुङ, रुक्मागत खनाल, प्रेम गुरुङ लगायतले बोलेका थिए ।


भेलाका वक्ताहरुले आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित भएर लाग्न आग्रह गरेका थिए । निर्वाचनबाट पुनः एमालेका उम्मेदवारलाई अत्याधिक मतले विजयी बनाउनुपर्ने वक्ताहरुले जोड दिए । गत स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार रनध्वज गुरुङ अत्याधिक मतले वडाअध्यक्षमा निर्वाचित भएका थिए ।