समाचार

स्याङ्जा, फागुन ४ । नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट QAA सम्बन्धन प्राप्त क्याम्पसमा  शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने भएको हो । ४ वर्षे कोर्ष अध्ययनका लागि ३६ सीट संख्या रहेको क्याम्पसले जनाएको छ । 


सूचना प्रविधि, सूचना र सञ्चार एवम् डिजिटल क्षेत्रका सम्पूर्ण विद्यार्थीहरुका लागि रचनात्मक तरिकाले समस्या समाधान गराउने सिपको विकासमा लागि सूचना तथा सञ्चार प्रविधि शिक्षाको आवश्यकता रहेका वालिङ बहुमुखी क्याम्पसका प्रमुख सच्चिदानन्द यादले बताए । ‘प्राविधिक शिक्षा आजको आवश्यकता हो’, क्याम्पस प्रमुख यादवले भने, ‘अध्ययनसँगै रोजगारको सुनिश्चिता खालको शिक्षाको विकल्प छैन ।’ वालिङ लगायत आसपासका क्षेत्रमा यस्ताखाले अध्ययन–अध्यापन नभएकाले प्रविधिमा दक्षता जनशक्ति उत्पादन गर्ने उनले दावी गरे । 


क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइरालाले समयानुकूल प्रविधिमा दक्षता कायम गर्न क्याम्पसले सूचना तथा सञ्चार प्रविधि शिक्षा विषयमा अध्ययन–अध्यापन गराउनले लागेको बताए । अध्ययन पाश्चात लोकसेवा, स्थानीय पालिकामा प्राविधिक जनशक्ति, शिक्षक सेवा, बैंक तथा वित्तिय क्षेत्रका निम्ति दक्ष जनशक्ति तयार पार्नमा क्याम्पसको अहम् भूमिका रहने अध्यक्ष कोइरालाको भनाई छ । 

BICTE नै किन ?

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायद्वारा सञ्चालित ४ वर्षे (आठ सेमेस्टर) BICTE कोर्ष अन्य IT कोर्ष सरह सिकाइको पूर्ण अवधारणामा आधारित छ । यस कोर्षले विद्यार्थीहरूको सूचना प्रविधि, सूचना र सञ्चार प्रविधि एवम् डिजिटल क्षेत्रका सम्पूर्ण समस्याहरूलाई रचनात्मक तरिकाले समस्या समाधान गराउने सिपको विकास गराउँदछ । त्यसैगरी BICTE कोर्ष पूरा गरिसकेपछि विद्यार्थीहरूमा सफ्टवेयर विकासको व्यवहारिक सिप एवम् यसको प्रशस्त शैक्षिक ज्ञान हुनुका साथै Software Programming, Database Management, Information System आदिको पनि ज्ञान हुन्छ । BICTE कोर्ष व्यवहारिकतामा आधारित सिकाइ वातावरण र IT क्षेत्रमा व्यवसायिक ज्ञान अभिवृद्धिको लागि तयार गरिएको हो । छिट्टै नै रोजगारतर्फ उन्मुख हुनका साथै लोकसेवा, शिक्षक सेवा आयोगद्वारा माग गरिने Computer Operator एवम् शिक्षकका लागि जनशक्ति निर्माण गर्न र सोअनुरुप तालिम प्राप्त जनशक्ति उत्पादन गर्नु यस कोर्षको मूल उद्देश्य पनि हो । यस कोर्षले विद्यार्थीहरूको लागि सूचना प्रविधि र शैक्षिक क्षेत्रको समस्या समाधानको लागि प्रशस्त सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्दछ । 

१.  रोजगारमुलक एवम् व्यवहारिक ज्ञानका लागि प्रदान गर्दछ ।

२. अध्ययनसँगै रोजगारको सुनिश्चितताका लागि स्वरोजगार सिर्जना गर्न

३. समयानुकुल प्रविधिमा पूर्ण दक्षता कायम गर्न

 ४. लोकसेवा, स्थानीय पालिकाका प्राविधिक जनशक्ति, शिक्षक सेवा आयोग तथा बैंक तथा वित्तिय क्षेत्रका निम्ति जनशक्ति तयार गर्न


क्याम्पसका सुविधाहरु 

१.  दक्ष, अनुभवी एवम् तालिम प्राप्त प्राध्यापकहरूद्वारा BICTE प्राध्यापन गराइने

२. अत्याधुनिक कम्प्युटर ल्याबको व्यवस्था

 ३. Projector सहितको ICT Based Classroom को व्यवस्था

 ४.  सुविधासम्पन्न चमेनागृह (Canteen) को व्यवस्था

५.  RO Purified एवम् Sand Filtration System द्वारा प्रशोधित पिउने पानीको व्यवस्था

६.  IT Course को लागि Internet (WIFI) को व्यवस्था

७.  शान्त एवम् मनोरम वातावरणमा प्राध्यापन गराइने

८.  गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था

९.  यातायात, पुस्तकालयको साथै E-library को सहज व्यवस्था

१०. सुविधासम्पन्न Research Cell को व्यवस्था

 ११.  Fully Accessed  सभाहल (Conference Hall) को व्यवस्था

१२.  नियमित आन्तरिक मूल्याङ्कनको व्यवस्था

१३. विद्यार्थीहरूलाई नियमित रूपमा आन्तरिक तथा बाह्य परियोजना कार्यमा सहभागी गराइने


कार्यक्रमहरू: 

आवेदन फारम वितरण: २०७८ माघ २० देखि फागुन १० गतेसम्म र २०७८ फागुन ११–१५ गतेसम्म (दोब्बर दस्तुर सहित)

प्रवेश परीक्षा मिति: २०७८ फाल्गुन १८ गते बुधबार (दिउँसो १ः०० बजे) 

प्रवेश परीक्षाको नतिजा प्रकाशन: २०७८ फाल्गुन २५ गते

भर्ना मिति: २०७८ फाल्गुन २६ गतेदेखि २९ सम्म

कक्षा सञ्चालन: २०७८ फाल्गुन ३० गतेदेखि

तस्बिरः दीपक पौडेल