समाचार

स्याङ्जा, फागुन ७ । नेकपा (एमाले)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल अर्जुनचौपारी गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गणेश प्रसाद पौडेलको नेतृत्वमा नयाँ कमिटी गठन गरेको छ । 

यसैगरी उपाध्यक्षमा दुबिन गुरुङ, सचिव पंकज बिक, उपसचिव सागर सुनार सहित ३५ सदस्यीय कमिटी बनाएको छ ।  

अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, गण्डकी प्रदेश सदस्य राम बहादुर थापा, खडानन्द पौडेल, शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष जमुना चापागाँई, अर्जुनचौपारी गाउँपालिकाका उपाध्यक्ष चिनमाया गुरुङ, युवा संघ नेपालका केन्द्रीय सदस्य दामोदर तिवारी, जिल्ला संयोजक किसान श्रेष्ठ, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य ललिता थापा, अशोक शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।