समाचार

स्याङ्जा, फागुन १३ । वालिङ १ राम्बाच्छा स्थित नवदीप बचत तथा ऋण सहकारी संस्थाले महिला राष्ट्रिय फुटबल खेलाडीलाई ‘माउण्टेन बाइक’ र फुटबल जुत्ता दिएका छन् ।

रामबाच्छाबाट महिला राष्ट्रिय फुटबलमा टिम खेल्दै आएकी खेलाडी भावना परियार र बबिता सिवाकोटीलाई सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुईजनालाई एक/एक ओटा साइकल र दुई/दुई जोर फुटबल खेल्ने जुत्ता प्रदान गरिएको छ । 

सहकारीका अध्यक्ष सुरेन्द्र गुरुङ र सचिव धनराज गुरुङले संयुक्त रुपमा सो सामाग्री हस्तान्तरण गरिएको हो ।

स्थापनाको छोटो समयमै सहकारीले सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएका छन् ।