स्याङ्जा, फागुन २४ । नेकपा (एमाले) वालिङ नगर कमिटीको बृहत बैठक एवम् प्रशिक्षण सम्पन्न भएको छ । सोमबार वालिङ डुम्रीकोटमा सम्पन्न बैठकले १२ वटा फाँट इन्चार्ज र १३ वडाको इन्चार्ज तोकेको छ ।
बैठकले महिला फाँट जैसरा रेग्मी, किसान फाँट तोयानारायण काफ्ले, जिफन्ट (मजदुर) फाँट सूर्यप्रसाद काफ्ले, विद्यार्थी फाँट ध्रुव खनाल, युवा फाँट तुलसीराम तिवारी, जनजाति फाँट तेजबहादुर आले, नेपाल बुद्धिजीवी परिषद डिल्लीराम चापागाँई, उद्योग वाणिज्य फाँट बुधमान गुरुङ, उत्पीडित फाँट ईन्द्रबहादुर चर्माकार, साइबर युनिट राजु खेम काफ्ले र भूतपूर्व सैनिक तथा प्रहरी संगठन फाँट पदम बहादुर खत्रीलाई तोकेको हो ।
यस्तै वडा इन्चार्ज तर्फ विजय विक्रम खाँण वडा नं. १, मैना कोइराला/प्रकाश अधिकारी वडा नं. २,सुरेन्द्र गुरुङ वडा नं. ३, पिताम्बर खनाल वडा नं. ४, दालबहादुर खड्का वडा नं. ५, श्यामकृष्ण श्रेष्ठ/शम्भु अर्याल वडा नं. ६, कपिलमणि खनाल वडा नं. ७, बुद्धिसागर सुवेदी वडा नं. ८., अमृत श्रेष्ठ वडा नं. ९, तेजन राना वडा नं. १०,सीता गुरुङ/भवि गुरुङ वडा नं. १२, नमलाल डुम्रे वडा नं. १३ रसुरज श्रेष्ठ/केशर श्रेष्ठ वडा नं. १४ मा इन्चार्जको जिम्मेवारी तोकेको छ । वडा नं. ११ को इन्चार्ज आगामी बैठकले तोकिने नगर कमिटीले जनाएको छ ।
वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । अध्यक्ष पौडेलले वालिङ नगर कमिटीले गरेका राजनीतिक तथा सांगठनिक गतिविधि समेत बैठकमा रिर्पोटिङ गरेको थिए । रिर्पोटिङलाई पनि सर्वसम्मत रुपमा पारित गरियो ।
बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी उपाध्यक्ष गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मीले ‘समृद्ध नेपाल सुखी नेपाली’ का लागि आसन्न तीनै तहको निर्वाचन जित्नुपर्ने बताए । उपाध्यक्ष रेग्मीले भने, ‘नेकपा (एमाले)सँग प्रष्ट विचार र स्पष्ट नीति छ । पार्टीको दशौं महाधिवेशनले राष्ट्र हितका लागि स्पष्ट ‘रोडम्याप’ तय गरेको छ ।’ पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका समृद्धि जगलाई पुरा गर्न मुलुकमा पुनः एमालेको सरकार अपरिहार्य भएको उनले दावी गरे ।
यस्तै बैठकका अन्य वक्ताहरु गण्डकी प्रदेश कमिटी सदस्य उदय श्रेष्ठ, नेकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष कृष्ण खाँण, उपसचिव विश्व पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य दिलीप बगाले र यामकान्त खनालले पार्टीको सम्पूर्ण शक्ति आगामी निर्वाचनका लागि तयार हुनुपर्ने बताए ।
बैठकमा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य याम बहादुर कुँवर, खगिसरा थापा, जिल्ला कमिटी सदस्यहरु पुण्यप्रसाद अर्याल, अनन्त अर्याल, मोहन गुरुङ, मोहन खनाल, दामोदर तिवारी, हुमकान्त कोइराला, अनुपमा ढुङ्गाना, गौमति गुरुङ र सीता पाण्डेको उपस्थिति थियो ।