समाचार

स्याङ्जा, फागुन २४ । सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समीक्षा तथा अभिमुखीकरण कार्यक्रम गुडीखोला स्थित सहयात्री पार्टी प्यालेसमा सम्पन्न भएको छ । 

समीक्षा कार्यक्रममा सेवाकेन्द्र प्रमुखहरु बालकृष्ण गोदार, मोतिप्रसाद मरासिनी, राजेन्द्र गायक, जीवन वाग्लेले सेवा केन्द्रको आर्थिक एवम् प्रशासनिक रिर्पोटिङ गरेका थिए । साँखर सेवा केन्द्रको प्रस्तुती संयोजक कृष्ण प्रसाद वस्ताकोटीले गरेका थिए । संस्थाको समग्र प्रस्तुती व्यवस्थापक ध्रुव नारायण श्रेष्ठले गरेका थिए ।

पुतलीबजार ३ बाडखोलामा प्रधान कार्यालय रहेको संस्थाको ५ वटा सेवा केन्द्रहरु छन् । ५ वटा सेवा केन्द्रका ८ हजार ७४० जना शेयर सदस्यहरु छन् । संस्थाको शेयर पूँजी ६ करोड ३१ लाख, निक्षेप ४९ करोड ८४ लाख र लगानी ५० करोड ६ रहेकोे छ । संस्थाको हालको कूल पूँजी ६६ करोड ६० लाख रहेको छ । 

कार्यक्रममा वाडखोला सेवा केन्द्र संयोजक बलराम दोरंगा, स्याङ्जा सेवा केन्द्र संयोजक नारायण रेग्मी, विरुवा सेवा केन्द्र संयोजक तारेन्द्र बहादुर के.सी र लेखा सुपरीवेक्षण संयोजक शालीग्राम मरासिनीले संस्थाका लागि धारण राखेका थिए । 

समीक्षा एवम् अभिमुखीकरण कार्यक्रमलाई संस्थाका संरक्षक अनन्त कुमार श्रेष्ठले सहजीकरण गरेका थिए । नागरिकको वास्तविक आर्थिक सहयात्री भनेको सहकारी रहेको बताउदै घर घरमा सहकारी सदस्य अनिवार्य हुनेपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा संस्थाका अध्यक्ष हुम बहादुर कुमाल, सचिव राजेन्द्र प्रसाद शर्मा, कोषाध्यक्ष राममाया अधिकारीले गोदार र सदस्य ओम प्रकाश सापकोटाले बोलेका थिए ।