समाचार

गल्याङ्, फागुन २४ । अखिल नेपाल महिला संघ (अनेमसंघ) गल्याङ नगर कमिटीको दोस्रो अधिवेशनले विष्णुदेवी भुषाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । 

मंगलबार सम्पन्न अधिवेशनले ५८ सदस्यीय नयाँ कमिटी सर्वसम्म रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्ष हेमा कुमारी सिंजाली, सचिव सावित्रा कँडेल, उपसचिव छबिसरा सारु र कोषाध्यक्ष सुमित्रा खड्का रहेका छन् । 

कार्यक्रमको उद्घाटन् सत्रलाई सम्बोधन गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव पदमा कुमारी अर्यालले महिलाहरु अवसरको कमीले पछि परेको बताइन् । उनले भनिन्, ‘महिलालाई औपचारिकताका लागि मात्रै जिम्मेवारी दिने प्रचलन छ । तर, नेतृत्व पायो भने उसले गर्ने कार्यसम्पादन पुरुषको भन्दा कमी हुदैन । पुरुषको तुलनामा महिलाहरुमा चुनौतीको सामना गर्ने क्षमता हुने उनको भनाई थियो । 

सो अवसरमा नेकपा (एमाले) केन्द्रीय सदस्य सीता सुन्दास, सीमा क्षेत्री, अनेमसंघ जिल्ला अध्यक्ष तारा शर्मा लगायतले बोलेका थिए ।