समाचार

स्याङ्जा, फागुन २६ । नेकपा माओवादी केन्द्रका दुईजना प्रभावशाली नेताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । माओवादी केन्द्र पुतलीबजार नगर कमिटीको सदस्य डोल बहादुर परियार (जीवन) र राम बहादुर परियार माओवादी पार्टी परित्याग गरी बुधबार नेपाल उत्पीडित जातिय मुक्ति समाज पुतलीबजारको दोस्रो नगर अधिवेशनबाट एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य एवम् स्याङ्जा जिल्ला इन्चार्ज सीता सुन्दासले पार्टी गराएका हुन् । 

नगर अधिवेशनमा बोल्दै केन्द्रीय सदस्य सुन्दासले मुक्ति आन्दोलनको पार्टी नेकपा (एमाले) भएको बताइन् । उनले भनिन्, ‘दलित र उत्पीडित समुदायको नेता पार्टी एमाले हो । एमालेले सबै जात, भाषा–धर्म, वर्ण, वर्ग र लिङ्गको मुक्ति आन्दोलनबारे वकालत गर्छ ।’ मुलुकको आशा र भरोसाका केन्द्र नेकपा एमाले पार्टी भएकाले सबैलाई संगठित हुन उनले आग्रह गरिन् ।