समाचार

स्याङ्जा, चैत १० । नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पूर्णविक्रम शाह (पाल शाह)लाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लाथि थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीस हरिषचन्द्र ढुङ्गानाको आदेशले मुद्धा पुर्पक्षका लागि शाहलाई थुनामा पठाएको हो । 

न्यायाधीस ढुङ्गानाको एकल इजलासले थुनछेक बहसपछि बिहीबार साँझ थुनामा पठाउने आदेश भएको हो । अर्का प्रतिवादी शाहका ‘म्यानेजर’ कृष्ण जोशीलाई १ लाख धरौटी बुझाएर साधारण तारेखमा छाड्न आदेश दिएको जिल्ला अदालत तनहुँले जनाए ।