समाचार

भरतपुर, २ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) भरतपुरमा विशाल आमसभा गर्दैछ । केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) मा हुने विशाल आमसभामा ५० हजार बढी सर्वसाधरण सहभागि हुने राप्रपा चितवनले जनाएको छ । आमसभा स्थलमा चितवन तथा आसपासका छिमेकी जिल्लाबाट नेता, कार्यकर्ता तथा सर्वसाधरणहरु आउने क्रम सुरु भएको छ ।

आमसभालाई सम्बोधन राप्रपाका अध्यक्ष सहित शिर्ष नेताहरुले गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे बिहीबारनै चितवन आइसकेका छन् । केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा, ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा विहान ११ बजे चितवन आइपुग्ने कार्यक्रम छ ।

आमसभाको औपचारिक कार्यक्रम दिउसो साढे १२ बजेदेखि सुरु हुने राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिए । आमसभास्थल बसपार्कको खुल्ला चौरलाई ५ दिन लगाएर सफा गर्ने, सम्याउने काम भएको थियो । आमसभा हुने भएपछि राप्रपाले चोक तथा बसपार्क आसपास क्षेत्रमा राप्रपाका झण्डाहरु राखेर सजाएको छ । आमसभामा आदिवासी, जनजातिहरुको मौलिक नृत्य, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत हुने जनाइएको छ । स्थानीयहरु पञ्चैबाजा, झाँकी, ¥याली सहित स्वतस्फूर्त रुपमा सहभागि हुदैछन् ।