समाचार

स्याङ्जा, जेठ २ । वालिङमा नेकपा (एमाले)का तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण खाँणले ६ हजार १३० मत ल्याएका छन् । उनका प्रतिद्वन्दी दिलिपप्रताप खाँणले ५ हजार ४६ मत ल्याएका छन् । उनीहरु बिचको मतान्तर १ हजार ८४ रहेको छ ।

उपप्रमुख नेपाली कांग्रेसका कविता तिवारीले ५ हजार ३४९ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेकी खगिसरा थापाले ५ हजार ७३० ल्याएकी छिन् । थापा तिवारीभन्दा ३७१ मतले पछि परेकी छन् । 

हालसम्म वालिङका १४ वडा मध्ये १, २, ३, ४, ५, र ७ वडाको मत गणना सम्पन्न भएको छ । जसमध्ये वडा नम्बर १, २, ५ कांग्रेस र ३, ४, ७ नेकपा एमालेले चुनाव जितेका छन् ।

वालिङमा कुल ३९ हजार ६५९ मतदाता रहेकोमा २६ हजार ७७४ मत खसेको थियो ।