बन्ने भयो पुल !

स्याङ्जा, जेठ १९ । स्याङजाको दुई नगर जोडने पुलको शिलन्यास गरिएको छ । वालिङ र भीरकोट नगरपालिका जोडने पुलको संघिय सांसद तथा पुर्व मन्त्री पदमा अर्यालले मंगलबार शिलन्यास गरेकी हुन् । पुल बनेपछि भीरकोट ९ को साउन्दी, काभ्रे, चराङ, जुटडाँडा र वालिङ १४ को सिम्ले, थाना, करादी, शिरबानी, डुम्रेभञ्याङका एक हजार घरधुरी लाभान्वित हुने भएका छन । उक्त पुल बनेपछि विशेषगरी विद्यार्थीहरुलाई सहता हुने भएको छ । उक्त स्थानका विद्यार्थीहरुले २ घण्टाको बाटो हिँडेर जनसेवा मावि डुम्रेभञ्याङमा अध्ययनका लागी आउनुपर्ने बाध्यता छ । 

भीरकोट ९ काभ्रेका लिलाबल्लब रेग्मीले भने, ‘नगरपालिका भीरकोट भएपनि हामी पहिला गाविस कालिकाकोटको एउटै वासिन्दा थियौँ पछि संघिय संरचनासंगै गाविसका केहि वडा भीरकोट र केहि वडा वालिङमा आयौँ । तर हामीलाई नुन तेललगायत बजारका लागी वालिङको डुम्रेभञ्याङ नै पायक पर्छ । अहिले यो पुल शिलन्यास भएपछि विद्यार्थी लगायत हामी प्रत्यक्ष लाभान्वित हुनेछौँ ।’ उहाँका अनुसार झोलुंगे पुल निर्माणपछि मोटरसाईकल समेत वारीपारी गर्न सहज हुनेछ भने स्थानीय बासिन्दालाई निकै सहज हुनेछ । 

‘बनको बाटो, निकै पहरा, वनको खोल्सा जस्ता भौगोलिक विकटता छ । विद्यार्थी भाईवहिनीले निकै संर्घषका साथ प्लस टु पढन वारी अर्थात डुम्रेभञ्याङ आउँछन,’ वालिङ १४ सिम्लेका यामबहादुर थापाले भने । अब यो पुल बनेपछि विद्यार्थीहरुलाई सुरक्षाका दृष्टिकोणले पनि सुरक्षित हुन्छन भने पर्यटकीय दृष्टिकोणले समते महत्वपुर्ण रहेको थापाले बताए ।  

आफू मन्त्रालयमा हुँदा उक्त पुललाई प्राथामिकतामा राखेर दुई पटक सम्म सर्वे गरेर फाईनल गरेका भन्दै ठेकेदारको ढिलासुस्तीका कारण पुलनिर्माण कार्य बल्ल काम शुरु भएको अर्यालले बताइन् । पुल निर्माणका लागी बिएलटि कन्र्टक्सन प्राईभेट लिमिटेडल २०७७ मा  ७० लाखमा ठेक्का सम्झौता गरेपनि कोरोनाको कारण देखाउँदै काम ढिला गरी शुरु गरेको हो । उक्त पुल यही मंसिर सम्म सम्पन्न गर्ने म्याद रहेको छ । पुल २५० मिटर लामो हुनेछ ।