समाचार

३ साउन २०७९, विराटनगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी संघ र प्रदेशको निर्वाचनमा एमाले एक्ले चुनाव लड्ने बताएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नम्बर १ को कमिटीले विराटनगरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलन उपाध्यक्ष पोखरेलले भने, ‘एमालेसँग एक्लै चुनाव लड्ने जनमत छ । जनमतको भावना अनुसार एमाले एक्लै चुनाव लड्ने सामथ्र्य राख्दछ ।’

दुवै तहको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्ने दाबी गर्दै निर्वाचनमा एमालेले कसैसँग तालमेल नगर्ने प्रष्ट पारे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नम्बर १ को नामकरणमा दिलाई हुनुमा दुःख व्यक्त गरे । नामकरणको एकल अधिकार प्रदेशसभाको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्नेमा जोड दिए ।