समाचार

पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । दुर्घटनामा ३ महिला र ३ पुरुषगरी ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । मृतकको भने सनाखत भएको छैन ।

गुल्मीको मजुवाबाट पाल्पा बुटवल जाँदै गरेको लु१ख ५९५२ को नम्बरको बस लघुवास्थित भीरबाट तल खसेको थियो । 

रिब्दीकोट २ का वडाअध्यक्ष ओमप्रसाद पोखरेलका अनुसार घाइतेलाई उद्धार गरी पाल्पाको मिसन पठाइएको छ । घाइते केहीको अवस्था गम्भीर रहेको अध्यक्ष पोखरेलले जानकारी दिए । 

अर्को गाडीलाई साइड दिने क्रममा सडकबाट तल खसेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले जनाएको प्रहरी बताए ।