समाचार

११ साउन २०७९, नुवाकोट । नुवाकोटमा खोलाले बगाएर वडा सदस्यको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षकले रुपक खड्काले जानकारी दिए ।

बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङ मृत्यु भएको उपरीक्षक खड्काले बताए । खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्वारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो । 

तामाङको शव करिब एक किलोमिटर तल रैकरे चौतीसमा भेटिएको प्रहरीले जनाए । उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट महिला सदस्यमा निर्वाचित भएका थिए ।