समाचार

२२ साउन २०७९ । लोक तथा दोहोरी गीतका सर्जक रेम गुरुङको तीज गीत ‘के ले रुवायो ?’ सार्वजनिक भएको छ । गीत सर्जक गुरुङको आधिकारिक युट्यूब च्यानल ‘रेम गुरुङ’बाट सार्वजनिकगीत सार्वजनिक गरिएको हो ।   

गीतमा गायिका शर्मिला गुरुङ र शान्तिश्री परियारले स्वर दिएका छन् भने लय र शब्द सर्जक गुरुङकै रहेको छ । गीतको म्यूजिक भिडियो छायाङ्कन राजेश घिमिरे, सम्पादन प्रकाश धमाला र निर्देशन स्मृती तिमिल्सिना ‘गुरुआमा’ले गरेका हुन् । 

एरेञ्ज बिनोद बाजुराली, रेकर्ड गोबिन्द पराजुली र सागर बाजुराली, स्वर सम्पादन् राजेन्द्र बाजुराली, मिक्सिङ खड्का बाजुुरालीले गरेका हुन् । गीत मालाश्री स्टुडियोमा रेडर्क गरिएको हो । 

गीतको छायाङ्कन बिजी ब्याङ्क्वेट मित्रनगर काठमाडौँमा गरिएको हो ।

गीतमा गायिका शर्मिला गुरुङ र शकुन्तला थापाकी आमा, गायिका तथा सर्जक गुरुङकी बहिनीलाई समेत देख्न सकिन्छ । गीत आमा, दाजुभाई तथा दिदीबहिनीको सम्झना फ्रेम बनाई तयार पारिएको छ । 

उक्त म्यूजिक भिडियोमा आँधीखोला तमु समाज काठमाडौँका दिदीबहिनीहरुले साथ दिएकी छन् ।  गीतलाई पोस्ट प्रोडक्सन र ड्रेस गुरुआमा फिल्म प्रा.लि.ले गरेका हुन् ।