समाचार

२६ साउन २०७९ ।  गत स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित वडा अध्यक्ष मृत अवस्थमा फेला परेका छन । वालिङ नगरपालिका वडा नम्बर ९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका १३ गाहाखोलाको भित्री सडकमा मृत फेला परेको प्रहरीले जनाएकोछ । 

घट्नास्थल बारे अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसी ढकेन्द्र खतिवडाले जानकारी दिए । 

घट्नास्थल र लाशजाँच मुचुल्कापछि लाशलाई पोष्ट मार्टमका लागि गह्रौं प्राथमिक अस्पताल वालिङ ल्याइने डिएसपी खतिवडाले बताए ।