समाचार

३ भाद्र २०७९, पोखरा । तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः सुरेन्द्र गुरुङ चयन भएका छन् । बिहीबार पोखरामा सम्पन्न संघको तेस्रो अधिवेशनबाट उनी सर्वसम्मत निर्वाचित भएका हुन् । 

संघको आगामी ३ वर्षका लागि गुरुङको अध्यक्षतामा २७ सदस्यीय कार्यसमितिको सर्वसम्मत निर्वाचित भएको छ । जसको वरिष्ट उपाध्यक्ष माया गुरुङ, उपाध्यक्ष विक्रम गुरुङ, महिला उपाध्यक्षमा इन्द्रा गुरुङ, महासचिवमा तस बहादुर गुरुङ, सचिवमा तेज गुरुङ महिला सचिवमा ज्योति गुरुङ सहसचिवमा डबिन गुरुङ कोषाध्यक्षमा सविना गुरुङ र सहकोषाध्यक्षमा दिलु गुरुङ रहेका छन् । 

यस्तै विदेश विभाग प्रमुख गौरी गुरुङ, सांगठनिक विभाग प्रमुखमा सविन गुरुङ, अतिरिक्त विभागमा ओम गुरुङ र महिला विभागमा रविना गुरुङ चयन भए । यसैगरी सचिवालय सदस्यमा पूजा गुरुङ, रामप्रसाद गुरुङ र मीना गुरुङ सर्वसम्मत चुनिए । 

सदस्यहरुमा रनु गुरुङ, संगीता गुरुङ, ममता गुरुङ, सीता गुरुङ, धनप्रसाद गुरुङ, काजी गुरुङ, युविन्द्र गुरुङ, सुनिमा गुरुङ र रोशन गुरुङ चयन भए । निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डल संयोजक हुम बहादुर गुरुङले सपथ ग्रहण गराए ।   
फोटोः pokharacity.com