समाचार

४ भाद्र २०७९, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ बजे ७५ वर्षीय उमेरमा निधन भएको अस्पताल स्रोतले बताएको छ । 

विगत तीन सातादेखि उपचारत गिरीलाई शुक्रबार भेन्टिलेटरबाट निकालेका थिए । लामो समय भारतमा उपचारपछि पुनः स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् । उनी घाँटीको क्यान्सरबाट पीडित थिए ।

उनले भारत, जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नात्तकोत्तर गरेका थिए ।