समाचार

१४ भाद्र २०७९, स्याङ्जा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ (क)का लागि  नेपाली काँग्रेसका तर्फबाट १७ जनाले उम्मेदवारी दिएका छन् । प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ८ जना सहित १७ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी सहित दावी गरेका छन् । 

जसमध्ये प्रत्यक्षतर्फ भरत प्रसाद लम्साल, अजित क्षेत्री, ईन्द्र बहादुर रिजाल, मेखलाल श्रेष्ठ, बोधराज अर्याल, जनकराज काफ्ले, केशर बहादुर खाँण, पवन नेपाल र नवराज सुवेदी रहेका छन् ।

 प्रत्यक्षतर्फ उम्मेदवारी दिएका श्रेष्ठ बहालवाला गण्डकी प्रदेशका मन्त्री हुन् । उनी शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका मन्त्री हुन् । 

यस्तै सिमा कर्माचार्य, हिरादेवी शर्मा, दीलिपाश्री अधिकारी, धन कुमारी थापा, डोल बहादुर खड्का, मुहमद सरिफ मियाँ र याम बहादुर रानाले समानुपातिकतर्फ उम्मेदवारी दिएका छन् । 

प्रत्यक्ष तर्फका इन्द्र बहादुर रिजाल र समानुपातिक तर्फका दीलिपाश्री अधिकारी पत्रकार हुन् । दुवैजना लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् ।