समाचार


१६ भाद्र २०७९, स्याङ्जा । ‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने नाराका साथ १५ औ पुस्तकालय दिवस स्याङ्जाका भीरकोटमा ‘सबै कुरा छोडौं, पुस्तक पढौं’ कार्यक्रम गरेर मनाइएको छ । 

पुस्तकालयको माध्यमबाट पनि नानीबाबुको पठन सीप र पढ्ने बानीको विकास हुन्छ भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा विद्यार्थीहरुलाई एक एक थान पुस्तक उपलब्ध गराई करिब आधा घण्टा पढ्न समय दिइएको थियो । अध्ययन पाश्चात पुस्तक समीक्षा सुनाइएको थियो । 

हाल ‘रुम टु रिड’ले स्याङ्जा जिल्लाका ५ पालिकासँग लागत साझेदारीमा ४४ विद्यालयलमा साक्षरत कार्यक्रम गरेको छ । उक्त कार्यक्रम सूर्योदय क्लबले हेरिरहेको छ । साक्षरता कार्यक्रममा कक्षा १ र २ मा नेपाली पठन सीप विकासको लागि काम गरिन्छ भने पुस्तकालय मार्फत पढ्ने बानीको प्रवर्धन गरिन्छ ।