समाचार

३० भाद्र २०७९, स्याङ्जा । नेपाल सरकार दूरसंचार प्राधिकरणले मोबाईलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न ‘एमडिएमएस’ प्रणाली लागु गरेको छ । अवैध रुपमा देशमा भित्रिने मोबाईहरुलाई प्रतिबन्ध गर्न दूरसंचार प्राधिकरणले ‘एमडिएमएस’ प्रणाली लागु गरेको हो । 

विशेषगरी अनाधिकृत मोबाईल सेटको आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न, चोरी भएका तथा हराएका मोबाईल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाईल नचल्ने व्यवस्था गर्न नेपाल दूरसंचार प्राधिकरणले आजबाट ‘एमडिएमएस’ प्रणाली लागु गरेको छ । 

भाद्र ३० गते अगावै नेपाल भित्रिएका मोबाईल सेटहरुमा भने स्वत्तः ‘एमडिएमएस’ प्रणालीमा दर्ता हुने प्राधिकरणले जनाएकोे छ ।

यसैगरी मोबाइल आयातकर्ता/विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई मोबाइल विक्री वितरण गर्न अनुरोध गरेको छ । 
सर्वसाधारणको मोबाइल तथा सिमको अनधिकृत प्रयोगलाई कानुनी दायरामा ल्याउन ‘एमडिएमएस’ प्रणालीको महत्वपूर्ण भूमिका रहन्छ । 

के हो ‘एमडिएमएस’ प्रणाली ?
नेपाल दूरसंचार प्राधिकरणले अनधिकृत र अनियन्त्रित रुपमा आयात तथा प्रयोग भैरहेको मोबाईलको प्रतिबन्ध गर्ने कार्यलाई ‘एमडिएमएस’ प्रणाली भनिन्छ ।