समाचार

३० भदौ २०७९, स्याङ्जा । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी)ले आफ्ना शेयरधनीहरुलाई १५.७८९५ % लाभांश दिने घोषण गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको ३४४ औं बैठकले आर्थिक वर्ष २०७७/०७८ को नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । 

शेयरधनीहरुलाई १ अर्ब २९ करोड ५९ लाख ५४ हजार ७१९ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ । उक्त नगद लाभांशमा ०.७८९५ % बराबरको रकम कर प्रयोजनका लागि हुने कम्पनीले जनाएको छ । 

बीमा समितिको स्वीकृति र कम्पनीको २२औं साधारसभाले अनुमोदन गरे पश्चात् मात्र लाभांश वितरण हुने जनाएको छ । 

२०७७/०७८ को तथ्याङ्क अनुसार कम्पनीको चुक्ता पूँजी रु ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रहेको छ । 

आर्थिक वर्ष २०७६/०७७ मा १४ प्रतिशत बोनस शेयर र ०.७३ % नगद लाभांश वितरण गरेको थियो ।