५ असोज २०७९, स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघको १६औं साधारणसभा एवम् ८औं अधिवेशन असोज ११ गतेलाई बोलाइएको छ । गत भदौ १८ गते अन्तिम समयमा स्थागित साधारणसभा एवम् अधिवेशन पुनः असोज ११ भएको हो ।
वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेको ठाडो निर्देशनमा भदौ १८ गते बोलाइएको अधिवेशन अन्तिम समयमा स्थागित भएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनाल लगायतले साधारणसभा एवम् अधिवेशन रोक्न उपप्रमुख गैह्रे समक्ष उजुरी दिएका थिए । सोही उजुरीका आधारमा उपप्रमुख गैह्रेले साधारणसभा रोकेकी थिइन् ।
अधिवेशनको संघारमा संस्थाका वर्तमान कार्यसमिति दुई धारमा विभाजित भएका छन् । वर्तमान अध्यक्ष शोभाकान्त पौडेल र वरिष्ठ उपाध्यक्ष खनालबीचको द्वन्द्वले उद्योग वाणिज्य संघ प्रष्ट रुपमा देखिएको छन् । खनाल नेपाली काँग्रेस र पौडेल एमाले समर्थित हुन् । खनाल काँग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क)का सभापति हुन् भने पौडेल एमाले वालिङ नगर कमिटीका अध्यक्ष हुन् ।
बरिष्ठ उपाध्यक्ष खनालले १५औं साधारणसभा एवम् ७औं अधिवेशनमा भएको भाद्र सहमति अनुसार संघको साधारणसभा बोलाएको बताए । १५आंै साधारसभा एवम् ७आंै अधिवेशनमा विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने राजनीतिक सहमति भएको थियो । यद्यापि त्यो सहमति संघ आवद्ध सदस्यहरुबीच भने होइनन् । १५औं साधारणसभाले बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने बिधान संशोधन गरेका छैन् ।
संघमा १४ सय २० जना सदस्य मध्ये जम्मा ४४८ जनाले मात्रै नविकरण गरेका छन् । एक तिहाइको सदस्यता नविकरणले पनि प्रष्ट हुन्छ कि संघ बारे चासो र चिन्ता कति छ ।
११ हुने साधारणसभा एवम् अधिवेशनको पूर्वमन्त्री पद्मा कुमारी अर्यालले उद्घाटन गर्ने संघले जनाएको छ ।