समाचार

२३ असोज २०७९, स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्वमन्त्री पद्मा कुमारी अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । 

मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट सोही क्षेत्रबाट निर्वाचित पूर्वमन्त्री अर्याल दोस्रो पटक पुनः निर्वाचन लड्दै छिन् । ०७४ को निर्वाचनमा बहालवाला शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई हराएकी थिइन् । 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा उनले स्वास्थ्य राज्यमन्त्री, सहकारी र कृषि मन्त्रालयको जिम्मेवारी सफलता पूर्वक सम्हालेकी थिइन् । उनकै नेतृत्वमा सगरमाथाको पुनः उचाई नाप्ने, लिपुलेक, लिम्पियाधुरा लगायतको भूमिका समेटेर चुच्चे नक्सा प्रकाशित भएको थियो ।

अर्याल एमालेका केन्द्रीय कमिटी सचिव पनि हुन् ।