राजनीति

२६ असोज २०७९, स्याङ्जा । नेपाली काँग्रेसका नेता मेखलाल श्रेष्ठले उम्मेदवारी फिर्ता गरेका छन् । नेपाली काँग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर १ (क)का लागि उम्मेदवारी दर्ता गराएका श्रेष्ठले बुधबार उम्मेदवारी फिर्ता गरेका हुन् । उनले आफ्नो आधिकारिक फेसबुक अकाउण्टबाट उम्मेदवारी फिर्ता लिएको जानकारी गराए । 

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आग्रहमा आफूले उम्मेदवार फिर्ता लिएको बताए । 

आफू पार्टीको सच्चा सिपाही भएकाले वर्तमान गठबन्धनको भावना र मर्म अनुसार चल्ने श्रेष्ठले बताए । सामाजिक र राजनीतिक जीवनलाई सँगसँगै लैजाने उनको भनाई थियो ।