समाचार

स्याङजा् । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधिका लागि वालिङ् भलिबल क्लब र मिसन थ्री स्टार क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । 

मंगलबार भएको सेमिफाइनल खेलमा वालिङ्ले प्रगतिशिल युवा क्लब (ओकदी)लाई हराउँदै फाइनलको पुगेको हो । वालिङ् र ओकदीबीच भएको खेलमा वालिङ्ले खेल सोझो तीन सेटमा जित्यो । पहिलो सेट २५–१७, दोस्रो सेट २५–१४ र तेस्रो सेट २७–१७ को अंक स्थितिले वालिङ्ले खेल जित्न सफल भयो । 

यस्तै सेमिफाइन तर्फ नेपाल तारा क्लब (गल्याङ) र मिसन थ्री स्टार (काउले)बीच भएको खेलमा थ्री स्टारले जित्यो । निकै प्रतिस्पर्धात्मक र रोचक भएको खेल पहिलो सेट गल्याङले २५–२२, दोस्रो सेट काउलेले २५–२३, तेस्रो सेट काउलेले २५–२२, चौथो सेट गल्याङले २५–२३ र पाँचौ सेट काउलेले १७–१५ ले जित्यो । 

प्रतियोगितामा तृतीय स्थानका लागि नेपाल तारा क्लब र प्रगतिशिल युवा क्बल बीच हुने भएको छ । तृतीय स्थानका लागि भोलि (बुधबार) बिहान ९ बजे हुने भएको छ । 

फाइनल १ बजे हुने आयोजकले जानकारी दिएको छ ।