राजनीति

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज स्याङ्जा आउँदैछन् । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्न स्याङ्जा आउने नेकपा (एमाले) जिल्ला कमिटीका सचिव राजेन्द्र डुम्रेले जानकारी दिए । 

जिल्ला सदरमुकाम स्थित टुडिखेल मैदानमा हुने चुनावी सभालाई दिनको १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको स्याङ्जाका सचिव  डुम्रेले जानकारी दिए । 

मंसिर ४ गते हुने संघिय र प्रदेशसभा निर्वाचनलाई केन्द्रीत गर्दै जिल्ला स्तरीय आमसभाको आयोजना गरिएको एमाले स्याङ्जाले जनाएको छ । 

संघिय निर्वाचनका लागि एमालेबाट स्याङ्जा क्षेत्र नम्बर १ मा नारायण मरासिनी र क्षेत्र नम्बर २ मा पद्मा कुमारी अर्याल चुनावी मैदानमा होमिएका छन् । अर्याल नेकपा ९एमाले० केन्द्रीय कमिटीका सचिव हुन् ।