समाचार

१३ साउन, काठमाडौं । आयोजक जापान टोकियो ओलम्पिक २०२० को पदक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । जापान १२ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । तर पदक जित्ने सूचीमा संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि रहेको छ।

बुधबार अपरान्हसम्म ८८ स्वर्णको नतिजा आउँदा जापानले १२, चीनले ११ र संयुक्त राज्य अमेरिकाले १० स्वर्ण जितेको छ । जापानले कुल २१ पदक जित्दा चीनले २४ तथा अमेरिकाले ३० पदक जितेको छ । रुसी ओलम्पिक कमिटिको टोलिले हालसम्म सात स्वर्ण जितेको छ । अष्ट्रेलियाले छ, बेलायतले पाँच, दक्षिण कोरियाले तीन, फ्रान्सले तीन, नेदरल्याण्ड्स, क्यानाडा, हंगेरी, स्लोभेनिया, जर्मनी र कोसोभाले हालसम्म सामान दुई दुई स्वर्ण पदक जितेको छ ।

इटाली, स्वीटजरल्याण्ड, चाइनिज ताईपेइ, ब्राजिल, रोमानिया, अष्ट्रिया, सर्बिया, हङ्गकङ्ग, ट्युनेसिया, क्रोएशिया, इस्टोनिया, उज्वेकिस्तान, बरमूडा, इक्वेडर, फिजी, इरान, नर्वे, फिलिपिन्स र थाईल्याण्डले सामान एक एक स्वर्ण जितेका छन् ।
हालसम्म ६० राष्ट्रले कम्तिमा एक पदक जितेका छन् ।