समाचार

१३ साउन, काठमाडौं । बरमूडा ओलम्पिकमा स्वर्ण जित्ने सबैभन्दा सानो राष्ट्र बनेको छ । बरमूडाकी एथलेट फ्लोरा डफीले ट्रायथलोनमा स्वर्ण जित्नुभएको हो । मात्र ६३ हजार जनसङ्ख्या रहेको बरमुडाका लागि ३३ वर्षीय डफीले स्वर्ण दिलाउनुभएको हो ।

ट्रायथलोनमा ५०० मिटरको दूरी पौडेर, चालीस किलोमिटर दूरी साइक्लिङ्बाट र १० किलोमिटर दूरी दौडेर पार गर्नुपर्ने हुन्छ । ओलम्पिकमा चौथो पटक भाग लिनुभएकी डफीले एक घण्टा ५५ मिनेट ३६ सेकेण्डमा उक्त दूरी पार गर्नुभएको छ ।
ट्रायथलोनमा बेलायतकी जिओर्जिया टेलर ब्राउन दोस्रो र अमेरिकी केटी जफेरर्स तेस्रो हुनुभयो । बरमुडाले सन् १९७६ को ओलम्पिकमा पहिलो पटक पदक जितेको थियो ।

गोरखापत्र अनलाइन