समाचार

१३ साउन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले फुटबल एकेडमी सञ्चालन गर्ने भएको छ । आठ पटकको डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले फुटबल एकेडमी सञ्चालनका लागि नेपाल आदर्श आवासीय विद्यालयसँग छ वर्षे सम्झौता गरेको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले पोखरामा आदर्श विद्यालय, मनाङ मस्र्याङ्गदी क्लब र एन्फाबीच एकेडमी सञ्चालन सम्बन्धमा पोखरामा त्रिपक्षीय सम्झौता भएको जनाएको हो । एकेडमी सञ्चालनका लागि सम्झौता गर्ने मनाङ मर्स्याङ्दी चौथो फुटबल क्लब हो । यसअघि सङ्कटा क्लब, सातदोबाटो क्लब र न्यू रोड टिमले एकेडमी सञ्चालन गर्ने सम्झौा गरिसकेको छ ।

सम्झौता बमोजिम क्लबका सात र विद्यालयका सात गरी १४ जनाले पहिलो वर्ष फुटबल प्रशिक्षण पाउनेछन् । विद्यालयमा अध्ययनरत छँदै १४ जना प्रशिक्षणमा सहभागी हुनेछन् ।