समाचार

बुटवल, साउन २१ गते । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गतेका लागि बोलाइएको छ । लुम्बिनी प्रदेशका विपक्षी गठबन्ध दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेपछि विशेष अधिवेशन मिति साउन २७ गतेका लागि बोलाइएको हो । 

बिहीबार प्रदेशसभा प्र्रमुख अमिक शेरचनद्वारा जारी सूचनामा साउन २७ गते १ गते दिउँसो बजेका लागि विशेष अधिवेशन तोकिएको छ । 

साउन १८ सोमबार कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रयि जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलवरिुद्ध प्रदेशसभामा अवश्विास प्रस्ताव दर्ता गराएका थिए ।