समाचार

भदौ २, काठमाडौं । माधवकुमार नेपाल खेमा छाडेकी अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छन् । मुख्यमन्त्री शाक्यले बुधबार साँझ नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । 

पछिल्लो समय माधवकुमार नेपाल गुटमा सक्रिय रहँदै आएकी शाक्य मुख्यमन्त्री पदकै कारण केपी शर्मा ओली समूहमा लागेको नेपाल समूहको आरोप रहेको छ ।