समाचार

भदौ १०, स्याङ्जा । सिद्धार्थ राजमार्ग राजअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि नौवटा कम्पनीले आवेदन दिएका छन् । 

सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्ग बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङ निर्माणका लागि नौवटा विदेशी कम्पनीले आवदेन दर्ता गराएको जानकारी दिए ।

सुरुङमार्ग निर्माणका लागि यसअघिका ओली सरकारले १० अर्ब रुपियाँ बजेट सुनिश्चित गरिसेका छन् ।