समाचार

भदौ १०, काठमाडौं । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त भएका छन् । निर्वतमान मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

मुख्यमन्त्री नियुक्तसँगै मुख्यमन्त्री आचार्यले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । 

पछिल्लो समय माधवकुमार नेपाल समूहबाट ओली समूहमा लागेका आचार्यलाई मुख्यमन्त्री पदको जिम्मेवारी मिलेको हो ।