समाचार

भदौ १३, स्याङ्जा । राम्दीमा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ । वालिङ–१४ की ४० वर्षीया धनमाया उम्राको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

यस्तै पहिरोले एक महिला र दुई पुरुष घाइते भएका छन् । घाइतेहरु गुल्मी छत्रकोट गाउँपालिका–५ की ३७ वर्षीया लक्ष्मी बस्नेत, रुपन्देही सैनामैना नगरपालिका–१ का १६ वर्षीय शिशिर योगी र स्याङ्जा भिरकोट नगरपालिका–५ का ३६ वर्षीय नारायण प्रसाद तिवारी हुन् । 

घाइते बस्नेत राम्दीमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी थिइन् । अपराह्न ४ बजे बस्नेतको होटलमा बसेका बेला उनीहरु पुरिएकी हुन् । उनीहरुको पाल्पा प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरीले जनाएको छ । 

पहिरोले एक किराना पसलमा समेत क्षति पु¥याइएको छ । 

पहिरोले अवरुद्ध सिद्धार्ग राजमार्ग खोल्ने कार्य भैरहेको प्रहरीले जनाए । राजमार्ग सञ्चालन हुन केही समय लाग्ने प्रहरीले जानकारी दिएका छन् ।