समाचार

स्याङ्जा । स्याङ्जाको वालिङ राम्बाच्छामा नवदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कारोबार सुरु गरेको छ । आइतबारदेखि रामबाच्छामा प्रधान कार्यालय रहनेगरी संस्थाले आफ्नो कारोबार सुरु गरेको हो ।

कारोबारको शुभारम्भ स्थानीय ९४ वर्षीय बयोबृद्ध रामचन्द्र गुरुङले गरेका थिए ।

स्थानीय २७ जना युवाहरुको सक्रियतामा स्थापना गरिएको संस्थाको कुल शेयर पुँजी एक करोड रहेको छ ।

संस्थाको अध्यक्ष सुरेन्द्र गुरुङ उपाध्यक्ष मेग बहादुर गुरुङ, सचिव धनराज गुरुङ, कोषाध्यक्ष, रत्न सम्सेर गुरुङ, सदस्यहरु मोहन गुरुङ, विनिता गुरुङ र खिनमाया गुरुङ रहेका छन् ।

यस्तै लेखा तथा सुपरीवेक्षण संयोजकमा नल बहादुर गुरुङ, सदस्यहरु बिमल गुरुङ र चेतमान गुरुङ रहेका छन् ।

संस्थाले सदस्यहरुको सामाजिक, आर्थिक र साँस्कृतिक विकासका लागि कार्य गर्ने संस्थाका प्रबन्धक खिलराज पाठकले बताए ।