समाचार

स्याङ्जा, ४ असोज । आइतबार ‘सिस्सा रेष्ट्रो एण्ड बार’को महिला कर्मचारी बारकै छतबाट खसेर घाईते प्रकरणमा ‘बार’ सञ्चालकलाई पक्राउ गरिएको छ । ‘बार’का सञ्चालक ईश्वर श्रेष्ठलाई ‘जर्बजस्ती करणी उद्योग’मा सोमबार जिल्ला अदालत स्याङ्जाबाट १० दिनको म्याद थपगरी घट्नाबारे अनुसन्धान थालिएको छ । 

शनिबार र आईबार बिदाका कारण म्याद थप्न ढिलाई भएकाले सोमबार मात्र म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए । 

घाईतका काका लक्ष्मण सारुले सञ्चालक श्रेष्ठ विरुद्ध ‘जर्वजस्ती करणी उद्योग’मा वडा प्रहरी कार्यालय वालिङमा किटानी जाहेरी दिएका थिए । सोही किटानीले सञ्चालक श्रेष्ठ पक्राउ परेका हुन् । ‘बार’का सिसिटिभी फुटेजका आधारमा जाहेरी दिएका हुन् । 

घाईतेको ललितपुरमा उपचार हुदै

घाईते कर्मचारी ललितपुरस्थित बि एण्ड बि अस्पतालमा उपचारत छिन् । उनको ढाड, हात र खुट्टामा चोट लागेको उनका काकाले बताए । ढाड र खुट्टामा गम्भिर चोटका कारण घाईतेको अवस्था अझै गम्भीर रहेको उनका काकाले बताए । 

पोखरास्थित गण्डकी मेडिकल कलेजले घाईतेको थप उपचारका लागि काठमाडौं रिफर गरिएको हो ।