समाचार

स्याङ्जा, असोज ९ । चुनावमा १ भोटको महत्व कति हुन्छ, भीरकोटका यामप्रसाद अधिकारी (लक्ष्मण) र दीपेन्द्र केसीलाई मात्र थाहा छ । 

जित र हारको अनुभव अधिकारी र केसीले जस्तो विरलैले मात्र गर्न पाउँछन् । यस्ता घट्ना प्रायः अपवादमा मात्रै हुन्छन् ।

शनिबार सम्पन्न नेपाली कांग्रेस भीरकोट नगर अधिवेशनमा लक्ष्मण अधिकारीले १ भोटले चुनाव जिते । अधिकारीले १०० र केसीले ९९ भोट ल्याए । 

उनीहरु दुवैजना भीरकोट नगरपालिकाका जनप्रतिनिधि समेत हुन् । अधिकारी वडा नं. ५ का वडा अध्यक्ष हुन् भने केसी वडा नं. १ हुन् । 

प्यानल सहित चुनावमा होमिएका अधिकारी र केसी बीच कडा प्रतिस्पर्धा देखियो । १ सभापति, २ उपसभापति, २ सचिव र २ स–सचिवमा भएको निर्वाचनमा अधिकारी प्यानलको वर्चस्व रहयो ।

उपसभापतिमा जगदिश प्रसाद कोइराला र विष्णुमाया काफ्ले, सचिवमा तारा प्रसाद अर्याल र नन्दलाल खनाल, स–सचिवमा प्रसुन मगर र सुशिल खाँण निर्वाचित भए । 

सचिव अर्याल, स–सचिव मगर र खाँण अधिकारी प्यानलका हुन् भने अन्य सबै केसी प्यानलका हुन् । 

कुल २०४ मतदाता रहेको निर्वाचनमा ५ मत बदर भए ।