समाचार

स्याङ्जा, असोज ९ । नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिको अधिवेशनमा पार्टीका नेता गोपालमान श्रेष्ठका नाती चुनावमा हारेका छन् । 

नेपाली कांग्रेस केन्द्रीय संगठन विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठका नाती विक्रन्त कुमार श्रेष्ठ सुरज कुमार अधिकारीसँग हारेका हुन् ।

अधिकारीले २३२ मत ल्याएर चुनाव जिते भने श्रेष्ठले १०८ मत ल्याए । 

यस्तै उपसभापतिमा कृष्णमान श्रेष्ठ र शारदा पोखरेल चुनाव जितेका छन् ।  सचिवतर्फ सन्तोष नेपाल र महादेव श्रेष्ठ र स–सचिवमा गोपालचन्द्र लम्साल र प्रकाश पौडेल विजयी भए ।