समाचार

गल्याङ, असोज १२ । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन् । गल्याङ नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु उपस्थित बैठकमा प्रमुख अधिकारीले भने, ‘भविष्यको निर्धारण शिक्षा गर्दछ । शिक्षा उच्च प्राथमिकता राखेर काम गर्नु आजको आवश्यकता हो ।’

नगर प्रमुख अधिकारीले विद्यालयको भौतिक, शैक्षिक र खाबैखाले सहयोगका लागि आफू र नगरकार्यपालिका तयार रहेको बताए । गल्याङका सामुदायिक विद्यालयहरु संस्थागत विद्यालयसँग प्रतिस्पर्धा राख्नसक्ने हैसियत बनाउन उनले प्रधानाध्यापकहरुलाई निर्देशन दिए । कोरोना कारण विद्याथीहरु लामो समय मारमा परिरहेकाले त्यसको उचित प्रर्ति हुनेगरी अध्यापनको व्यवस्था मिलाउन आग्रह गरे । 

अर्को प्रसंगमा विद्यालयहरुको कागजपत्र व्यवस्थापन कमीका कारण नगरपालिका बढि बेरुज देखिएको उल्लेख गरे ।