समाचार

मंसीर १, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले ३०० सय जना क्षमता रहेको सिटी हल निर्माण गरेको छ । गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङ बजार बिपीसी ग्राउण्ड नजिकै सिटी हल निर्माण कार्य सम्पन्न भएको हो । 

सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई पोखराले भवन निमार्ण गरेको हो । ३ करोड ६६ लाख ३५ हजार ३ सय ४३ रुपैयाँ ७९ पैसा (भ्याट बाहेक)मा निर्माण सम्पन्न सिटी हल गल्याङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । 

सहरी विकास संघीय आयोजनाका प्रमुख इन्जिनियर झपटबहादुर थापाले गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई भवन हस्तान्तरण गरिएको गल्याङ नगरपालिकाले जनाएकोछ ।