प्रदेश १

बिचलित पानीका 
ए फोहोराहरु 
कुन मरुभूमी
जान तैरिदैछौ 
लामबद्व भएर 
बलेसिका रेखाहरुमा ।

बग्नेहरु उड्न सक्छन्
स्वच्छन्द बाफ बनेर 
जम्नेहरु पग्लिन सक्छन्
स्वच्छ स्वजन भनेर ।

स्वप्न स्वयम बनेर 
स्वभाव स्वदेश मै 
रहन सकोस् 
स्वतन्त्र स्वरुप बनेर
स्वर्ग बनाउनु छ 
आफ्नै माटो कुदेर ।

फुलाउनु छ 
सभ्यताको सुनखरी 
सजाउनु छ नयाँ पुस्ताको 
इतिहासको लागि 
इन्देणीको छहरीमा 
कुदेर राख्नु छ 
सुनौलो अक्षरले 
चन्द्रमाको दाग भित्र 
जो अति रहस्यमय छ 
विश्वले अध्यन गर्न सकोस्
मेट्न होइन ।।

छविना लुङ्गेली मगर 
बराहक्षेत्र नगरपालिका 
बाङ्गेबजार सुनसरी ।