गल्याङ नगरपालिका

गल्याङ । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले शिष्ट र अनुशासित नागरिक नगरको सम्पत्ति भएको बताएका छन् । शनिबार गल्याङ नगरपालिकाद्वारा मालुङ्गामा आयोजित ‘उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी ६ दिने तालिम’ को समापन कार्यक्रममा नगर प्रमुख भट्टराईले भने, ‘नेपाली एटटा उखान छ–बोल्नेको मिठो बिक्छ । नबोल्नेको बिक्दैन ।’ हरेक मानिससँग बोल्ने कला हुन्छन् तर त्यसलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने वहाँहरुको हातमा हुने प्रमुखको भनाई थियो । 

औपचारिक वा अनौपरिक कार्यक्रममा कागजी प्रक्रिया पुरागर्नका लागि माइन्यूट लेखन प्रशिक्षणले महत्वपूर्ण भूमिका पुर्याउने नगर प्रमुख भट्टाराईले आशा व्यक्त गरे । सीपले मानिसलाई आम्दानीसँग जोड्ने र आत्मनिर्भर बनाउन सकिने उनको भनाई थियो । 

गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले महिला दिदीबहिनीलाई सीप सिकाएर आर्य–आर्जनको बाटोमा दिशामा लगाउने अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम रहेको बताइन । 

तालिम पाश्चात नगरको हरेक कार्यहरुको प्रचारप्रसार गरिदिन आग्रह गर्दै तालिममा सिकेको सीपलाई जीवन उपयोगी बनाउन आग्रह गरिन् ।
नगरपालिकाको आर्थिक सहयोग रहेको तालिममा ५० जना महिला दिदीबहिनीहरुको साहभागिता थियो ।