समाचार

काठमाडौं । लोक तथा दोहोरी गायिका शर्मिला गुरुङको तीजगीत ‘पिपलु पात’ सार्वजनिक भएको छ । गायिक गुरुङको आधिकारिक युट्यूब च्यानल ‘शर्मिला गुरुङ’बाट सो गीत सार्वजनिक गरिएको हो ।

हरितालिका (तीज)को पूर्वसन्ध्या अर्थात कृष्णअष्ठमीको अवसरमा पारेर गीत बजारमा ल्याइएको हो ।

गीतमा स्वर, लय र शब्द स्वयम् गायिका गुरुङको रहेको छ । संगीत बि.बि. अनुरागी, मिक्सिङ श्यामश्वेत रसाइली, रेकर्ड गोबिन्द अनेक गरेका हुन् । गीत प्रिज्मा स्टुडियोमा रेकर्डिङ गरिएको हो । 
गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । भिडियो प्रकाश खड्काले खिचेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । मेकआप सीता मगर र आइटी सर्पोटर राजेन्द्र अर्यालको रहेको छ । 
भिडियोको छायाङ्कन बिजी ब्याङ्क्वैट गोगंबुमा गरिएको हो ।

गायिका गुरुङले ‘हाम फालेर मरुँ की’, ‘आज मेरो माइत जाने पालो’, ‘फाटी सक्यो होला आमा’, ‘रानी’ लगायत हजारौं मौलिक तीज गाइसकेकी छन् ।

गायिका गुरुङले मौलिक गायिकाका रुपमा नेपाली लोकसंगीतको वाङ्मयमा छुट्टै पहिचान बनाउदै आएकी छन् ।

गीतकाे भिडियाे हेर्न: https://www.youtube.com/watch?v=r2plFx-C0mo