वालिङ । वालिङ युनाईट एफसी रेड वालिङ गोल्डकप–२०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो खेलमा वालिङले लिष्नु युथ क्लब रुपन्देहीलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
दोस्रो हाफको सुरुवाति समयमै वालिङका सकुल गुरुङको गोल नै सेमिफाइनलमा यात्राका लागि पर्याप्त भयो । उनी खेलको प्लेयर अफ दि म्याच समेत घोषित भए । उनले नगद रु ४ हजार समेत प्राप्त गरे ।
उसले सेमिफाइनलमा एभेनिर एफसी, क्यामरुन र त्रिभुवन आर्मी एफसीबीचको बिजेतासँग खेल्नेछ ।
आजको खेल शसस्त्र प्रहरी बल (एपिएफ) र केबिए बीएफएस भरतपुर चितवन बीच प्रतिस्पर्धा हुनेछ ।
आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा बिजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार नगद, ट्रफि पाउनेछन् ।
प्रतियोगिता माघ ७ गतेसम्म चल्नेछ ।