रंगिन संसार

काठमाडौं । लोकदोहोरी गायक तथा सारङ्गी बादक हेमन्त कान्छा ‘रसाइली’को मौलिक सालैजो गीत ‘चिमखोले डोको’ बजारमा आएको छ । हेमन्त कान्छा रसाइली नामक युट्युब च्यानलमार्फत गीत बजाएको ल्याएको हो । 

गीतमा गायक हेमान्त कान्छा रसाइली र अमृता नेपालीको स्वर रहेको छ । गीतलाई राजकुमार बगरले लेखेका हुन् भने संगीत गायक आफैले भरेका हुन् । 

माया प्रेम ‘थिम’ मा उक्त गीतको म्यूजिक भिडियो निर्माण गरेका छन् । म्यूजिक भिडियोमा सरिस्मा मगर, विजय पुन, हेमन्त कान्छा रसाइली र अस्मित रनपालले अभिनय गरेका छन् । 

पश्चिम गण्डकी प्रदेशमा प्रचलित सालैजो भाकामा आधारित गीत विशेषगरी बाग्लुङ, म्याग्दी, पर्वत आदि जिल्लाको हावापानी र माटो सुहाउँदो छन् । ‘चिमखोले डोको’ म्याग्दीको रघुगंगा चिमखोला लगायतका आसपासमा प्रख्यात छन् । 

गायक तथा संगीतकार रसाइलीमो थर बदल्नु पर्दैन, बनको हरिण, लाहुर लगायत दर्जानौं गीतहरु चर्चित छन् ।